फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ, अढाई करोडको भ्रष्टाचार मुद्दा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
931
Shares
काठमाडौँ । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौँ महानगरपालिका १६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन् ।
उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।
प्राधिकरणका सहायक प्रबन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो । उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिबाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो।
फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको छ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए।