arrow

समितिमा कृषिमन्त्री

व्यावसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँ - मन्त्री अधिकारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
ramnath-12-11.jpg

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायीकरण गर्नुपर्ने बताएका छन् ।सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताए । उनले वर्ष भरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताए । 

उनले कृषिलाई व्यवसायीकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उनले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताए ।

उनले भने, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्ष भरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्ष भरी खेती गर्छ र उ बाँच्न सक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यावसायिक किसान । हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यसलाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्न सक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि । तर हामीसँग अर्को चुनौती के छ भने हामी के सधैँ आयातले मात्रै बाँच्ने ? आयातको भरले बाँच्न सकिँदैन सिङ्गो नेपाली बाँच्नुपर्‍यो । मैले गरेको खेतीले १० जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस् । त्यो ढङ्गबाट सोच बनाए अगाडि बढौँ ।’


मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेस गर्न समिति सदस्यहरूलाई आग्रह गरे । मन्त्रालयमा आएको सुझावहरू एकीकृत गरी नीति निर्माण तहमा पुर्‍याउने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ