काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा चेन्नई सुपर किंग्सले विजयी शुरुआत गरेको छ ।
चेन्नईले आइतबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हरायो । चेन्नईमा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १५५ रन बनायो । तिलक बर्माले ३१ रन बनाएको इनिङ्समा नूर अहमदले ४ तथा खलिल अहमदले ३ विकेट लिए ।
जवाफमा चेन्नईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गर्यो । रचिन रविन्द्रले ४५ बलमा अविजित रहँदै ६५ रन बनाए भने कप्तान ऋतुराज गायकवाडले २६ बलमा ५३ रन जोडे । महेन्द्र सिंह धोनीले २ बल खेले पनि रन जोडेनन् ।
भिग्नेश पुथुरले ३ विकेट लिए ।
यो खेलसँगै आईपीएलका दुई सर्वाधिक सफल टिमको भिडन्त (जसले ५–५ उपाधि जितेका छन्) मा मुम्बईले खराब शुरुआत गरेको छ ।
–दोस्रो खेलमा सनराईजर्स हैदराबादले कूल ५२८ रन भएको खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको छ । हैदराबादका इशान किशनले ४७ बलमा अविजित रहँदै १०६ रन बनाए ।
–पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएयो ।