arrow

बर्दिबासमा टाटा योद्धा १.५ टीको भव्य क्षेत्रीय सार्वजनिक कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
sipradi-tata-yodha-1-5-t-bardibash.jpg

बर्दिबास। टाटा मोटर्सको नेपाली आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बर्दिबासमा टाटा योद्धा १.५ टीको क्षेत्रीय लन्च कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। यस कार्यक्रममा फर्निचर व्यवसायी सङ्घका अध्यक्ष वकिल यादव, बर्दिबास प्रहरी निरीक्षक जटा शङ्कर यादव, र उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष साह लगायत विशिष्ट अतिथिहरू उपस्थित थिए।

टाटा योद्धा १.५ टीका प्रमुख विशेषताहरू:

  • शक्तिशाली इन्जिन: ३ लिटर (२९५६ सिसी) डीजल इन्जिन, २५० एनएम टर्क सहित।
  • भार बहन क्षमता: १५०० किलोग्राम (१.५ टी)।
  • ग्रेडिएबिलिटी: ३०% ग्रेडिएबिलिटीले अप्ठ्यारो बाटो पनि सजिलै पार गर्न सक्ने।
  • डिजाइन: मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स, र आरामदायी ड्राइभिङ अनुभव।
  • विकल्प: ४x२ र ४x४ ड्राइभ विकल्पमा उपलब्ध।

फर्निचर व्यवसायी सङ्घका अध्यक्ष वकिल यादवले भने, “टाटा योद्धा १.५ टीले व्यावसायिक प्रयोजनका लागि भरपर्दो गाडी खोज्ने ग्राहकहरूको आवश्यकता पूरा गर्नेछ। यसले सिप्रदी ट्रेडिङ्गको बिक्रीपछिको सेवा नेटवर्कले ग्राहकहरूलाई सहज सेवा प्रदान गर्नेछ।”

बर्दिबास प्रहरी निरीक्षक जटा शङ्कर यादवले यातायात सुरक्षाको महत्त्व बताउँदै भने, “सुरक्षित यात्रा र व्यवसायका लागि टिकाउ र भरपर्दो गाडी मात्र नभई ट्राफिक नियमको पालना गर्नु पनि आवश्यक छ। टाटा योद्धा १.५ टीले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्दछ।”

सिप्रदी ट्रेडिङ्गका एजीएम – सिभी सेल्स, कृष्ण चन्दले भने, “टाटा योद्धा केवल पिकअप मात्र होइन, यो व्यवसायको लागि भरपर्दो साझेदार हो। यसमा टिकाउ प्रविधि, उच्च भार बहन क्षमता र इन्धन कुशलता रहेको छ। जसले नेपाली व्यवसायीहरूलाई उत्पादकता बढाउन र सञ्चालन खर्च घटाउन मद्दत गर्दछ।”

सिप्रदी ट्रेडिङ्गले नेपालभर आफ्नो सशक्त बिक्री र सेवा नेटवर्क मार्फत ग्राहकहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएको छ। यस कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्दै सिप्रदीले भविष्यमा पनि उत्कृष्ट सेवा र उत्पादन प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

यसरी, टाटा योद्धा १.५ टीले नेपाली व्यवसायीहरूलाई उच्च गुणस्तरीय र भरपर्दो सवारी साधन प्रदान गर्ने अपेक्षा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ