arrow

कुलमान र ऊर्जामन्त्रीको अभिव्यक्तिले भ्रम फैलाएको गैरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
thakur-gaire-81-12-7.jpg

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अभिब्यक्तिले भ्रम फैलाएको भन्दै संसदमा कुरा उठाएका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ शुरू भएको बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङले भने लोडसेडिङ नहुने भनेपछि ठाकुरले सो विषय उठाएका हुन् ।

‘ऊर्जा मन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ, मन्त्रीज्यू भन्नुहुन्छ, लोडसेडिङको सुरू भयो,’ गैरेले भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङमा हुन्न, ढुक्क हुनुहोस् भन्नु हुन्छ, यस खालका गलत  र फरक सुचना बन्द गरियोस्, सही तथ्य बाहिर ल्याओस् ।’ 

सरकारका निकायबाट नै फरक फरक सुचना सम्प्रेषण हुदाँ जनमानसमा अन्योल बढेको उनको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ