arrow

नेपालमा पहिलो पटक “टाटा अल्ट्रा ग्रिज” लन्चिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
sipradi-tata-motors-automobile-fule.jpg

काठमाडौँ। टाटा  मोटर्सद्वारा उत्पादित टाटा जेनुइन पार्ट्स र टाटा मोटर जेनुइन आयलको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी  अटो पार्ट्स प्रालिले नेपालमा पहिलो पटक “टाटा अल्ट्रा ग्रिज” लन्चिङ गरेको छ।

सुर्खेतस्थित होटेल सिद्धार्थमा मङ्गलवार (चैत ५ गते) आयोजित त्यस क्षेत्रका मोटर पार्ट्स व्यवसायीहरू र मेकानिक्सहरुको भेलामा सिप्रदी  अटो पार्ट्स प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी, टाटा मोटर्सका टेरिटोरी पार्ट्स म्यानेजर मयंक मिश्रा र ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश अध्यक्ष श्री गोपाल गिरीले संयुक्त रूपमा लन्चिङ गरेका हुन्।

टाटा मोटर्सद्वारा उत्पादित उच्च गुणस्तरको लिथियम वेस्ट  मल्टीपर्पोज ग्रिज डाटा अल्ट्रा ग्रिज ८० हजार किलोमिटरसम्म सर्भिस लाइफ भएको अत्यधिक प्रेसरमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने, दीर्घकालीन उपयोग अवधि भएको, अटोमोटिभ र इन्डस्ट्रियल दुवै क्षेत्रमा उपयोग गर्न सकिने, धर्षणबाट हुने क्षतिबाट बचाउन अत्यन्तै प्रभावशाली यो ग्रिज नेपाली बजारमा सर्वत्र रूपमा उपलब्ध गराउने जानकारी सिप्रदी अटो पार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले गराए।

नेपाली बजारमा सधैँ उत्कृष्ट मोटर पार्ट्स तथा लुब्रिकेन्स उपलब्ध गराउँदै आइरहेको सिप्रदीले यो अल्ट्रा ग्रिज सर्वसुलभ र किफायती मूल्यमा नेपाल अधिराज्यभर सर्वत्र उपलब्ध गराउने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ