arrow

लगातार चौथो पटक आयुर्वेद क्याम्पसमा नेविसंघको प्यानल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
nsu-aayurvedic-81.jpg

काठमाडौँ । आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघ नेविसंघका निशान अर्याल निर्वाचित भएका छन् । 

क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पूरै प्यानल नै विजयी भएको छ।  निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघबीच प्रतिस्पर्धा भएको थियो। 

कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरे । 

१ मत बदर भएको थियो। नेविसंघको तर्फबाट सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन् ।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट लगभग सुरक्षित गरेको छ।

यो जितसँगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार ४ वटा स्ववियु निर्वाचनमा प्यानल नै जितेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ