arrow

चन्द्रनिगाहपुरको जनज्योतिमा नेविसंघको प्यानल विजयी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८१ चैत ६ बुधबार
nsu-rautahat-81.jpg

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योती बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघले विजय हासिल गरेको छ । 

मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाँचनको मतपरिणाम अनुसार सभापतिमा मोहमद नौसाद आलम  ११७४, सचीवमा साहिल पुरीले ११२८ र कोषाध्यक्षमा सम्झनाकुमारी चौधरीले ११४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

 सातै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । विजयी हुनेमा विकासकुमार दासले ११५८, रोहन श्रेष्ठले ११६३, रेजिनाकुमारी काफ्लेले ११६४, पुष्पा कार्कीले ११७०, अर्जुन भटराईले ११५७, सुशीलकुमार पहरीले ११५५ र रितिक सिंहले ११९५ मत प्राप्त गरे ।

 यस्तै निकटतम प्रतिद्वन्द्वीमा अनेरास्ववियुका सभापतिका उम्मेदबार दामोदर उप्रेतीले २०३, सचिवमा शुभ श्रेष्ठले २३१ र कोषाध्यक्षमा अभिशेखकुमार चौधरीले २११ मत प्राप्त गरेका छन् । 

यस्तै अखिल क्रातिकारीबाट सभापतिमा उम्मेदवारी दिएका अजय पटेलले १७०, सचिव सुस्मिता घलानले १८७ र कोषाध्यक्ष अनिषा चौधरीले १८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोद तिमल्सिनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ