arrow

अधिकांश क्याम्पसमा मतदान, आरआरमा अनेरास्ववियुले मध्यरातमा लगायो ताला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ५ मंगलबार
student-election-2081-12-5-.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ । बिहान ८ बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । 

यता काठमाडौँको रत्नराज्य क्याम्पसमा भने अनेरास्ववियु हार्ने भएपछि मध्यरातमा ताला लगाएको छ । यसअघिसम्म आफ्नो पकड जमाइरहेको आरआरमा यसपालि अनेरास्ववियुको माहोल बिग्रिएपछि ताला लगाएको हो । 

नेपाल विद्यार्थी संघले भने ताला खोलेर निर्वाचन गर्न माग गरेको छ । आरआरमा बाक्लो संख्यामा प्रहरीको उपस्थिति रहेको छ । छेवैको नेपाल ल क्याम्पसमा पनि अनेरास्ववियुले हार्ने भयले निर्वाचन तालिका च्यातेको थियो । 

आज भएको मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने सदस्यसचिव अधिकारीले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 

निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो । 

student-election-2081-12-5 (1).jpeg
student-election-2081-12-5 (1).jpg
student-election-2081-12-5 (2).jpg
student-election-2081-12-5 (3).jpg
student-election-2081-12-5 (4).jpg
student-election-2081-12-5 (5).jpg
student-election-2081-12-5 (6).jpg
student-election-2081-12-5 (7).jpg
student-election-2081-12-5 (8).jpg
student-election-2081-12-5 (9).jpg
student-election-2081-12-5 (10).jpg
student-election-2081-12-5 (11).jpg
student-election-2081-12-5 (12).jpg
student-election-2081-12-5 (13).jpg
student-election-2081-12-5 (14).jpg
student-election-2081-12-5 (15).jpg
student-election-2081-12-5 (16).jpg
student-election-2081-12-5 (17).jpg
student-election-2081-12-5 (18).jpg
student-election-2081-12-5 (19).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ