arrow

सगरमाथा संवाद

जलवायु परिवर्तनको मुद्दा उठाइने, ३५० देशका प्रमुखलाई बोलाइने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
sagarmatha-dilouge.jpg

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ को जेठ २—४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५० भन्दा बढी देशका सरकार प्रमुखहरूलाई निम्तो पठाइने बताए । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरेको बताए । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको बताए । उनले भने, ‘साढे ३ सय जनाको हाम्रो आङ्कलन छ । नेपाली र विदेशीहरू गरेर । १५० देखि १७५ जनासम्मले उपस्थिति जनाउने विश्वास छ ।’

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिने गरी सगरमाथा संवादलाई अघि बढाएको बताए । जलवायु परिवर्तनबाट भएको हानी तथा नोक्सानीबारे आवाज उठाइरहेको बताए । उनले वातावरण विनाशको क्षयीकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको बताए । उनले यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको बताए । भविष्यमा मुद्दा आवश्यकताअनुसार परिवर्तन गर्दै लैजाने बताए । 

उनले भने, ‘यो वास्तवमा हामीले नेतृत्व गर्नै खोजेको हो । लस एन्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयीकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा भनेका छौँ । नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ । हामी बढी प्रभावित भएको हुनाले यो एजेन्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसाबले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यस लियौँ । अर्को वर्ष अरू अरू थिममा हामी जानेछौँ ।’

मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको बताए । समयमै सम्पन्न गर्ने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए । बढी भन्दा बढी प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको बताए । सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरुत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । 

सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोप: जोखिम न्यूनीकरण र पुनरुत्थानबारे छलफल हुनेछ । हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी दिनुभयो । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाई फ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ