arrow

जनकपुरधाममा आज मनाइयो होली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
janakpur-holi.jpg

काठमाडौँ । जनकपुरधाममा उल्लासपूर्ण रूपमा आज होली मनाइएको छ । स्थानीयवासीले एक अर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् । 

होलीका अवसरमा मानिसहरूले विविध रङहरू एक अर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ । 

यो पर्व धार्मिक सीमाभन्दा पर गई उत्साह र सद्भावको रूपमा मनाइन्छ । नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् । 

तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी मनाइन्छ । 

यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ । 

नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो सङ्ख्यामा आउने गर्दछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ