arrow

महामूर्ख बने मधेसका मुख्यमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
mahamurkha-081.jpg

काठमाडौँ । हरेक वर्ष होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रदान गर्ने महामूर्खको उपाधि यस वर्ष मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिएको छ । जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो । 

मिथिला नाट्य कला परिषद् आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो । उनलाई विशेष प्रकारको व्यङ्ग्यात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरे । 

मुख्यमन्त्री सिंहले मधेस प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चाल्नुभएको कदमको सराहना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए । यसै गरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ