काठमाडौँ। टाटा मोटर्सको नेपाली आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले 'शक्तिशाली बनोट, अद्वितीय कार्यक्षमता' को अवधारणा अनुसार नयाँ टाटा योद्धा १.५ टी नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका हेड-सिभिआईबी, असिफ शमिम उपस्थित थिए।
ग्रेडिएबिलिटी: ३०% ग्रेडिएबिलिटीले अप्ठ्यारो बाटो पनि सजिलै पार गर्न सक्ने।
डिजाइन: अपडेटेड रग्ड लुक्स, मेटालिक बम्पर र स्टाइलिस ग्रिल।
विकल्प: ४x२ र ४x४ ड्राइभ विकल्पमा उपलब्ध।
टाटा योद्धा १.५ टीले कृषि, ढुवानी, निर्माण र अन्य व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प प्रदान गर्दछ। यसले कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता र कम सञ्चालन खर्च जस्ता विशेषताहरूले नेपाली व्यवसायीहरूको आवश्यकता पूरा गर्नेछ।
टाटा मोटर्सका हेड-सिभिआईबी, असिफ शमिमले भने, “हामी नेपालमा नयाँ योद्धा १.५ टी सार्वजनिक गर्दा खुसी छौँ। यो गाडीले टाटा मोटर्सको नवीनता, टिकाउपन र ग्राहक सन्तुष्टिको प्रतिबद्धता प्रतिनिधित्व गर्दछ। योद्धा रेन्ज सधैँ भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ र नयाँ योद्धा १.५ टीले यसैको विशेषताहरूलाई पछ्याउँदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान गर्दछ।”
सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएका छन्। योद्धा १.५ टीको आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिनेछ। हामी ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध छौँ।”
कार्यक्रममा टाटा योद्धाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गरियो। उनीहरूको अनुभवलाई भिडियो मार्फत प्रस्तुत गरियो, जसमा योद्धाले व्यवसायमा ल्याएको सकारात्मक परिवर्तनबारे जानकारी दिइयो। साथै, नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा गाडी हस्तान्तरण गरियो।
यस भव्य कार्यक्रम मार्फत टाटा मोटर्सले नेपाली ग्राहकहरूको व्यवसायलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।