arrow

एकाएक काठमाडौँ प्रशासनले चाल्यो कठोर कदम, दुई महिनासम्म यी स्थानमा जुलुस, सभा निषेध, के हुन्छ होली ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
kathmandu-district-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एकाएक कठोर कदम चालेको छ । प्रशासनले केही स्थान तोकेर निषेध क्षेत्र आदेश जारी गरेको छ । 

प्रशासनले फागुन २५ देखि दुई महिनासम्मका निम्ति भन्दै निषेधित क्षेत्र सम्बन्धी आदेश जारी गरेको हो । जिल्ला प्रशासनले राष्ट्रपतिको कार्यालय शीतलनिवास, बालुवाटार, सिंहदरबार, लैनचौर, संसद् भवनसँगै नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरेको छ । 

ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

पहिले पहिले पनि यसरी निषेधित क्षेत्र तोकिने गरिन्थ्यो । जसको चर्को विरोध प्रमुख प्रतिपक्ष दलले गरेको पाइन्थ्यो । तर यसपालि माहोल बदलिएको संकेत दिइरहेको छ । 

के हुन्छ होली ? 
आगामी बिहीबार काठमाडौँ उपत्यकामा फागु पर्व (होली) रहेको छ । होलीमा हजारौँ मानिस बाहिर निस्केर होली खेल्ने गर्दछन् । जिल्ला प्रशासनले लगाएको यो निषेध आदेशले के गर्छ भन्ने खुलेको छैन । 

प्रशासनले आइतबार भएको राजावादीहरुको कार्यक्रमकै क्रममा निषेधित क्षेत्र तोकेसँगै यसले अन्योल छाएको छ । 

यदि प्रशासन कठोर बनेको हो भने होलीको मौकाको सदूपयोग गर्दै त्यस्तो गतिविधि हुन सक्ला । तर अब त्यही नाममा चाडपर्व पनि मनाउन नदिने हो भने त्यसले निम्त्याउने बेथिति पनि प्रशासनले पक्कै आँकलन गरेको होला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ