काठमाडौँ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले "एक्सेलेरेट एक्सन : हर डे , हर वे" नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भई ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगी सम्पन्न भयो। सिप्रदी ट्रेडिंग भारत पेट्रोलियम द्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो।
राइडर्स र्यालीको उद्घाटन सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर संयुक्त रूपमा गरेका थिए।
यस र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्स लगायत विभिन्न क्षेत्रका ऊर्जावान् महिलाहरूको सहभागिता थियो। सहभागी राइडर्स र खेलका (र्याली कार्यक्रमको दौरान आयोजित) विजेताहरूलाई प्रमाणपत्र वितरण गरी र्यालीको समापन भएको थियो।
यस कार्यक्रमको मुख्य उद्देश्य विशेषतः : युवा महिला राइडर्सलाई जीवनमा अगाडि बढ्न रोचक ढङ्गले प्रेरणा दिई फोरटी स्कूटेक एनएक्सटी र फोरटी एनएक्सटी जस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक सचेतना बढाउनु थियो।
फोरटी स्कूटेक एनएक्सटीके कम धर्षणको साथ सहज एक्सेलेरेशन, कम इन्धन खपत जस्ता सुविधाको प्रत्याभूति गर्दछ। यसले इन्जिनलाई सफा राखी क्षयीकरणबाट पनि रक्षा गर्दछ।
यसै गरी, फोरटी एनएक्सटीले एयर-कुल्ड इन्जिनहरूलाई उच्च तापक्रममा सुरक्षित राखी गियर परिवर्तनको कार्यलाई सजिलो र छरितो बनाउन मदत गर्छ। यति मात्र होइन यस उत्पादनले क्लचको समस्यालाई निराकरण गरी इन्जिनलाई क्षयीकरणबाट जोगाउँछ।