arrow

समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
manbir-rai-minister.jpg

रसुवा । रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन् । 

रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताए । 

मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्न आवश्यकता रहेको भन्दै आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताए । 

उनले आगामी दिनमा पनि सञ्चारकर्मीले जनमानसमा सत्यतथ्य र सकारात्मक सन्देश प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । 

मारुनी नाचअन्तर्गत गुरुङ, तामाङ, मगर नाचका साथै पञ्चैबाजा, लामा तथा झाँक्रीको कला, ब्राह्मणले गाउने बालन भजनजस्ता कला प्रस्तुत गरिएको रेडियो सञ्चालक गीता न्यौपानेले बताए ।   

कार्यक्रममा विवाहमा गाइने खाँडोका श्लोक सुरेन्द्र राजाको पालादेखि हालसम्मको कथन प्रस्तुत गरिएको थियो । 

रेडियो सञ्चालक समिति अध्यक्ष सोहन सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायी छिरिङछेटेन तामाङ, नेपाल विद्युत् प्रधिकरणका सञ्जीप भट्टराई र सामाजिक व्यक्तित्व उत्तरगया गाउँपालिका-५ लहरे निवासी पिताम्वर आचार्यलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ