कबिलासीमा मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
प्रकाश मैनाली,
प्रकाशित २०८१ फागुन २४ शनिबार
947
Shares
सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घटनास्थल कबिलासी नगरपालिका–१०, सलेम्पुर पिडार चौकमा मलंगवा–नवलपुर सडकखण्डमा रहेको प्रहरीले जनाएको छ ।
मलंगवाबाट कबिलासीतर्फ जाँदै गरेको बीआर ३० एएच ७६३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बीआर ३० एएल ८२७८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा चक्रघट्टा गाउँपालिका–८, औरहीका ४० वर्षीय ओम शंकर साह, सोही मोटरसाइकलमा पछाडि सवार ५० वर्षीय विनोद राउत, गोडैता नगरपालिका–७, जानकी टोलका २० वर्षीय रामसिंहासन राउत र सोही मोटरसाइकलका पछाडि सवार गुल्शन महतो घाइते भएका थिए।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अवस्था गम्भीर रहेका विनोद राउतलाई थप उपचारका लागि वीरगञ्ज लगिएको थियो, जहाँ उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीन जना घाइतेहरूको मलंगवा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ भने रामसिंहासन राउतलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
घटनापछि प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी कबिलासीले जनाएको छ।