arrow

बसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
accident-final.jpg
तस्बिर – फाइल ।

बारा । बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५ को अनिलप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।

आज बिहान सवा ३ बजे कलैया बघवनस्थित बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइ सकेको घोषणा गरेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शब गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ