arrow

केएमसीको स्वास्थ्य टोली गौरीघाटमा, साढे पाँच सय बिरामीको निःशुल्क परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
kmc-81-11-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको गौरीघाटमा  निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

महान् सिद्धार्थ हाइस्कूलको आयोजनामा विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ५ सय ६४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८७ जनाको भिडियो रेक्सरे, ८६ जनाको ल्याब परीक्षण गरिएको थियो । 

२२ जनाको दाँत निकालिएको थियो भने १८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ