ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएको उद्योगीको भनाइ, आयल निगम भन्छ- ग्यासको मूल्य यथावत् छ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
650
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले गरेको आन्दोलन फिर्ता लिएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएसँगै आन्दोलनको कार्यक्रम सबै फिर्ता भएको हो ।
वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएको बताए ।
सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो ।”
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर रु एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको बताइयो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।
तर यता नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको बताएको छ ।
मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो ।
आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मूल्य यथावत रहने स्पष्ट गरेको छ ।