arrow

स्कारपियो दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
accident-final.jpg

सर्लाही । सर्लाहीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका वडा नं २ बेल्हीका ४० वर्षीय अमितकुमार अधिकारी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हो ।

सोमबार बिआर ३० प १७०३ नंको स्कारपियो सर्लाहीको चक्रघट्ट गाउँपालिका वडा नं २ बेल्हीमा दुर्घटना भएको हो ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ