arrow

सिन्धुपाल्चोक भूकम्पमा भाग्दा काठमाडौँमा दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
earthquake-final-------.jpg

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक रेक्टर स्केलको भूकम्पका बेला भाग्दा काठमाडौँमा दुई जना घाइते भएका छन् । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए ।

घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भई शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भई बानेश्वर बस्ने हरि गैरे रहेका छन् ।

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ