arrow

सुख्खा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ फागुन १५ बिहिबार
dry-landslide-death-81-11-15.jpg

काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर काभ्रेको नमोबुद्धमा एक जना मजदुरले ज्यान गुमाएका छन् । नमोबुद्ध नगरपालिका–१ कानाकोटमा वृद्धाश्रमको भवन बनाउन खटिएका सखुवापर्सेनी गाउँपालिका ३ बस्ने अन्दाजी ३८ वर्षीय दुर्जन माझीको सुख्खा पहिरोमा पुरिएर ज्यान गएको हो ।

भवन निर्माणको क्रममा माथिबाट आएको सुख्खा पहिरोमा माझी पुरिएका थिए । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

आज दिउँसो करिब ३ बजेको समयमा पहिरो खसेर सोही भवनको दोस्रो तल्लाको पिल्लर ढली रडले माझीको टाउकोमा लागेको थियो । 

घटनास्थल मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । 

यस्तै काभ्रेको भुम्लु गाउँपालिका–१ सापिङमा भीरबाट लडेर एक युवकको ज्यान गएको छ । स्थानीय श्रीकृष्ण गिरीको तीनतले भिरबाट खसेर मृत्यु भएको हो । उनको टाउको र शरीरमा चोट लागेको थियो । 

गिरी आफ्नै घरदेखि डेढ किलोमिटर पश्चिम सापिङ आङगे खोल्सामा मृत भेटिएका हुन् । उनी भीरबाट करिव ३५र४० मिटर तल खसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ