केएमसीको टोली मण्डनदेउपुरमा, पाँच सय बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
928
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
नाल्दुम युवा क्लबको आयोजनामा महाकाली माध्यमिक विद्यालय मण्डनदेउपुर, नाल्दुममा भएको स्वास्थ्य शिविरमा ४ सय ९३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ५७ जनाको भिडियो रेक्सरे, ८९ जनाको ल्याब परीक्षण, ३७ जनाको ईसीजी गरिएको थियो । ९ जनाको दाँत निकालिएको थियो भने १९ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।