दिल्ली विधान सभामा आपका सांसदले गरे अवज्ञा, १२ विधायक निष्काशित
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
1.8k
Shares
काठमाडौँ । भारतको दिल्ली विधान सभाबाट आम आदमी पार्टी (आप) का १२ विधायकहरूलाई दिनभरका लागि निष्काशित गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीसहित १२ विधायक निष्कानमा परेका हुन् ।
दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारबाही गर्दै उनीहरूलाई निष्काशन गरेका हुन् ।
हालै भएको निर्वाचनपछि आजदेखि विधान सभाको अधिवेशन शुरु भएको थियो ।
निष्काशनमा परेपछि आम आदमी पार्टीका विधयाकहरुले विधान सभा बाहिर धर्ना दिँदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।