arrow

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
helicopter-army-81-6-13.jpg
फाइल तस्बिर

अछाम । अत्यधिक रक्तस्राव भएपछि अछामबाट एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको कमलबजार नगरपालिका-८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएको र रक्तस्राव नरोकिएपछि आज हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिए ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उद्धार गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ