सुशासनप्रतिको सरकारको उपेक्षाका कारण नेपाल 'ग्रे लिस्ट' मा पर्यो -माओवादी केन्द्र [भिडियो]
नेपाल सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
564
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए ।
उनले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गरे । उनले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको सङ्केतका रूपमा लिएको समेत बताए ।
उनले भने, ‘यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतको रूपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रूपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । ’ उनले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसद्ले गम्भीरताका साथ लिनुपर्ने बताए ।