arrow

ल क्याम्पसमा नेविसंघले गरायो हाजिरी जवाफ प्रतियोगिता, टिम सेभेन विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
law-nsu-quiz.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पस चौधौं ब्याच कमिटीले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । 

फ्रेसर्स लिगल क्विज कम्पिटिशन ३.० नाम दिइएको प्रतियोगितामा सहभागी १६ ओटा समूहहरुमध्ये प्रतिस्पर्धा भएकामा ८ वटा समूह फाइनलमा प्रवेश गरेका थिए। 

तीमध्ेय प्रथम स्थानमा टिम सेभेन भएको छ । यो टिममा मेहिलाल यादव, अनिश केसरी र सामृदा तिमल्सिना रहेका थिए भने । 

दोस्रो स्थानमा सृजन नेपाल, दिव्या आचार्य र सुदेश पहारी रहेको टिम शुभमंगल तथा  प्रतिभा चापागाईं, प्राप्ति गौतम र सोनी अधिकारी रहेकी टिम आरम्भ तेस्रो भएको छ । 

विजेतालाई कार्यक्रममा उपस्थित प्रमुख अतिथि कानून संकाय त्रिभुवन विश्वविद्यालयका डिन प्राडा कृष्णप्रसाद बस्याल, विशेष अतिथि  नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख श्यामबहादुर कार्की , नेपाल ल क्याम्पस बीएएलएलबीकी शाखा निर्देशक मनिषा पौडेल र स्ववियु सचिव अ. मनोज सिंह , नेपाल ल क्याम्पस नेपाल विद्यार्थी सङ्घका सभापति अ. मोहम्मद माजित प्रवेज लगायत सम्पूर्ण कार्यक्रम संयोजक समितिका विद्यार्थीले मेडल, प्रमाणपत्र र नगदसमेत पुरस्कार स्वरूप हस्तान्तरण गरेका थिए ।

 यस कार्यक्रमको संयोजकमा १४ औं ब्याच कमिटीकी सचिव सुप्रिया चालिसे रहेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ