arrow

केएमसीको टोली कालीकोटमा, १४ सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
kmc-kalikot-81-11-7.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले कालीकोटमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ । 

शुभपालिका गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा १४ सय ३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा २१० जनाको भिडियो रेक्सरे गरिएको थियो । साथै जनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नसा रोगका विशेषज्ञहरुले उपचार गरेका थिए ।

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ