arrow

प्रेस चौतारी गण्डकीमा पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
indra-poudel-press-chautari-gandaki.jpg

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पुनः पोखराका इन्द्रप्रसाद पौडेल निर्वाचित भएका छन् । सोमबार नवलपुरमा सम्पन्न दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत् अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाको महासचिवमा लमजुङका आशबहादुर गुरुङ निर्वाचित भए । कार्यसमिति उपाध्यक्षमा इतराज गुरुङ, उपाध्यक्ष (महिला) मा रञ्जिता शर्मा, कोषाध्यक्षमा मदनराज तिमिल्सिना, सचिवमा सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक छन् ।

कार्यसमिति सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा (सुशान्त), विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली छन् ।

अधिवेशन उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अध्यक्ष मण्डलको अध्यक्षमा गणेश पाण्डे र निर्वाचन आयोग अध्यक्षमा गणेश खनाल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ