arrow

मौलिक संस्कृति जोगाउने प्रस्तुतिसहित एलिट ग्रान्डले मनायो वार्षिकोत्सव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
grand-parent=day.jpg

काठमाडौँ । राजधानीको एलिट ग्रान्ड स्कूलले वार्षिक अभिभावक दिवस भव्यपूर्वक मनाएको छ । मौलिक संस्कृतिलाई जोगाउन भरमग्दूर प्रयास गरेको स्कूलले आफ्नो वार्षिकोत्सवलाई संस्कृतिमय बनाएको हो । 

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मनमोहन भास्कुलर ट्रपिकल सेन्टरका हृदयरोग विशेषज्ञ डा अनिल भट्टराईले अहिले अधिकांश विद्यालयले आयातित कार्यक्रम गर्दै आएकामा यो विद्यालयले नेपाली मौलिकता झल्कने प्रस्तुति दिएको भन्दै खुशी व्यक्त गरे । 

उनले विद्यालयमा मौलिकता देखिने परम्परादेखि चल्दै आएका सांस्कृतिक पहिचान झल्कने कार्यक्रम गर्दा विद्यार्थीले पनि आफ्नो पहिचान सिक्ने अवसर पाउने बताए । 

डा भट्टराईले अहिलेका बालबालिकालाई नेपालको पहिचान सिकाएको भन्दै विद्यालय व्यवस्थापनलाई विशेष धन्यवाद दिए । यस्ता मौलिक संस्कृति झल्कने कार्यक्रमलाई निरन्तरता दिनसमेत उनले सुझाए । कार्यक्रममा डा भट्टराईलाई सम्मान गरिएको थियो । 

विद्यालयका प्रधानाध्यापक सुकुमार थपलियाले महांकालमा रहेको विद्यालयले किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानलाई विशेष प्राथमिकता दिएर पढाउँदै विद्यार्थीको प्रतिभालाई प्रस्फुटित गर्दै आएको बताए । उनले सोही कार्यक्रम अन्तर्गत नै फागुन २ र ३ गते वार्षिक अभिभावक दिवस मनाएको बताए । 

उनले सो क्रममा विद्यार्थीहरुले संगीत, नाटक, नृत्य, मार्सल आर्टसँगै योग र ध्यानसमेत प्रदर्शन गरेको बताए । 

प्रधानाध्यापक थपलियाले यसबाट विद्यार्थीले समाजमा सकारात्मक ऊर्जा छर्नेमा विश्वस्त रहेको दाबीसमेत गरे । 

प्राथमिक तहका विद्यार्थीदेखि कक्षा १० सम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेको पनि उनले बताए । 

थपलियाले सम्पूर्ण अभिभावककोसमेत उपस्थिति जनाइ विद्यालयको प्रगतिबाट खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेको बताए । 

अतिरिक्त क्रियाकलापसँगसँगै विद्यार्थीको क्षमतालाई विशेष ख्याल गरेर अध्ययन गराइने भएकाले आफ्नो विद्यालय उत्कृष्ट रहेको दाबीसमेत थपलियाले गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ