arrow

अध्यादेश हामीले रोकेका हौँ - माधव नेपाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
madhav-nepal-11-03.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताएका छन् ।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिए । उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अहिले पनि संसद भङ्ग गर्न प्रयत्न भइरहेको बताए । 

अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्‍यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौँ । दुवैले सल्लाह गर्‍यौँ । प्रचण्डजीले तपाईँले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’

अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताए । एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाए । एमाले पार्टीको रूपमा नचलेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ