काठमाडौँ । निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् । काठमाडौँ जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रीय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन् ।
साथै महासचिवमा रामचन्द्र अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट कर्मचारी संगठनको महाधिवेसन गत माघ ३० उद्घाटन भए पनि फागुन १ मा सम्पन्न गर्नु पर्ने थियो तर ४ दिनपछि अर्थात् शनिवार मात्रै नयाँ नेतृत्व चयन भएको हो । सहमति कि निर्वाचन भन्ने विवादका बीचमा ढिला गरी शनिवार नयाँ नेतृत्व चयन गरिएको हो ।
सो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।