arrow

प्रयागराज महाकुम्भमा हराएका काठमाडौँका हरिषरणको उद्दार, भारतीय सुरक्षाकर्मीले ल्याइदियो सीमासम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
harisharan-kc-prayagraj-mah.jpg

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा हराएका काठमाडौँका हरिषरण केसी शनिबार बिहान भेटिएका छन् । 

पेप्सीकोलामा बस्दै आएका ५४ वर्षीय केसी हराएको तेस्रो दिनमा शनिबार बिहान भेटिएको उनको परिवारले जनाएको छ । 

तीन दिनदेखि हराएको भन्दै उनको खोजीका लागि परिवारले अनुनय विनय गरिरहेको थियो । 

तर प्रयागराजकै सुरक्षाकर्मीले उनलाई नेपाल–भारतको सीमासम्म उद्दार गरेर ल्याइदिएको हो । उनले सीमामा आइपुगेपछि परिवारलाई सम्पर्क गरेका थिए । 

उनीहरुको काठमाडौँमा रहेका रहेका नातेदारका अनुसार उनकी पत्नी रामकला केसी प्रयागराजबाट सीमामा आएपछि सँगसँगै काठमाडौँ आउने भएका छन् । 

तीन दिनअघि केसी काशी डोरमा रहेका थिए । त्यहाँबाट उनी अचानक साथमा गएका पत्नी र अन्य तीर्थयात्रीसँग विछोडिएका थिए । 

परिवारले भारतीय प्रहरीलाई यस बारेमा रिपोर्ट लेखाएको थियो । त्यसलगत्तै खटिएको प्रहरीले उनको उद्दार गरी सीमासम्म ल्याइदिएको थियो । 

उनीसँग कतै आवतजावतका लागि यथेष्ट रकम पनि नभएकाले कठिन अवस्थामा रहेको हुनसक्ने परिवारले बताएको थियो । सोअनुसार उनलाई सुरक्षाकर्मीले उद्दार गरी सीमासम्म नै ल्याइदिएको थियो । 

यसैबीच अन्य नेपालीहरुसमेत महाकुम्भमा हराएको बताइएको छ । अहिलेसम्म महाकुम्भमा ५० करोड ७९ लाख भन्दा बढी पुगेर डुबकी लगाइसकेका छन् ।

यो अहिलेसम्मकै विश्वकै सबैभन्दा ठूलो मेला बनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ