-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँका हरिषरण केसी भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा हराएका छन् ।
पेप्सीकोलामा बस्दै आएका ५४ वर्षीय केसी दुई दिनदेखि हराएको भन्दै उनको खोजीका लागि परिवारले अनुनय विनय गरिरहेको छ ।
दुई दिनअघि उनी काशी डोरमा रहेका थिए । त्यहाँबाट उनी अचानक साथमा गएका उनी पत्नी र अन्य तीर्थयात्रीसँग विछोडिएका थिए ।
परिवारले भारतीय प्रहरीलाई यसबारेमा रिपोर्ट लेखाएको भए पनि अहिलेसम्म कुनै पत्तो नलागेको बताएको छ ।
उनीसँग कतै आवतजावतका लागि यथेष्ट रकम पनि नभएकाले कठिन अवस्थामा रहेको हुनसक्ने परिवारको आँकलन छ । परिवारले उनलाई खोजीदिनसमेत अनुरोध गरेको छ ।
साथै आर्थिक अभावले थप पीडामा रहन नपरोस् भनी सहयोगका लागि विनम्र अनुरोधसमेत गरेको छ । त्यसबापतको रकम तत्काल उपलब्ध गराइनेसमेत परिवारले भनेको छ ।
सम्पर्कका लागि नेपालको मोबाइल नम्बर ९८४१९०७१८६ समेत दिइएको छ ।
यसैबीच अन्य नेपालीहरुसमेत महाकुम्भमा हराएको बताइएको छ । अहिलेसम्म महाकुम्भमा ५० करोड भन्दा बढी पुगेर डुबकी लगाइसकेका छन् ।
यो अहिलेसम्मकै विश्वकै सबैभन्दा ठूलो मेला बनेको छ ।