arrow

दोस्रो विदेश भ्रमणका लागि उडेको अमेरिकी विदेशमन्त्रीको विमान फर्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
marco-rubio.jpg

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको विमानमा यान्त्रिक समस्याका कारण दोस्रो विदेश भ्रमणका लागि उडेको विमान बिहीबार स्वदेश फर्कन बाध्य भएको अमेरिकी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

विदेशमन्त्री रुबियो म्युनिख सुरक्षा सम्मेलनका लागि जाँदै गर्दा उनको विमान अचानक वासिङ्टनबाहिर एन्ड्रयुज एयर फोर्स बेसतर्फ फर्किएको एएफपीका एक संवाददाताले बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, “विदेशमन्त्री रुबियो उडिरहेको विमानमा यान्त्रिक समस्या देखिएपछि जोइन्ट बेस एन्ड्रयूजमा फर्किएको छ।”

“विदेशमन्त्रीले जर्मनी र मध्यपूर्वको आफ्नो यात्रालाई छुट्टाछुट्टै विमानमार्फत् जारी राख्नुहुनेछ,” उनले भने । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युद्ध अन्त्यका लागि कूटनीति अघि बढाउने बताएपछि रुबियोले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार भेटवार्ता गर्ने तयारी गरेका थिए । 

रुबियोले इजरायल, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा गाजा युद्धविरामबारे पनि छलफल गर्नेछन्। 

हमासको आक्रमणका कारण १६ महिना लामो युद्धमा इजरायलले कब्जा जमाएको गाजाका प्यालेस्टिनी बासिन्दालाई देश निकाला गर्ने ट्रम्पको प्रस्तावमाथि पनि उनले छलफल गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ