केएमसीको टोलीले मूलपानीमा गर्यो पाँच सयको निःशुल्क स्वास्थ्य परीक्षण
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
473
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको मूलपानीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।
माउन्ट एभरेष्ट स्कूलको आयोजनामा कागेश्वरी मनोहरा थलीमा भएको स्वास्थ्य शिविरमा ४ सय ९५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ५७ जनाको ल्याब परीक्षण, ५३ जनाको अल्ट्रासाउन्ड, २४ जनाको ईसीजी गरिएको थियो ।
त्यस्तै ९ जनाको दाँत खोलिएको थियो । साथै २९ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।