arrow

गोरखा भूकम्पको समयमा हल्लायो कर्णाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
earthquake-final-------.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । 

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । 

२०७२ साल बैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा नै ७.६ रेक्टर स्केलको गोरखा भूकम्प गएको थियो । यही समयमा आज कर्णाली हल्लाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ