arrow

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, भव्य स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
gyanendra-shaha.jpg

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आएका छन् । समिट एयरको जहाज चार्टर गरेर उनी पुरानो पोखरा विमानस्थलमा उत्रिएका हुन् । शाह पोखरा आउनुको कारण खुलाइएको छैन ।

उनको दुई साता पोखरा बसाइलाई निकै महत्वका साथ हेरिएको छ । उनी आज कास्कीको रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा बास बस्नेछन् । सोमबारदेखि उनको विभिन्न शक्तिपीठको भ्रमण तालिका छ।

विमानस्थल बाहिर शाहलाई हजारौँ नागरिकले बाजागाजासहित स्वागत गरेका थिए । साथै समर्थकले राजा आउ, देश बचाउ भन्दै नारा लगाएका थिए ।

नागरिक स्वागत मूल समारोह समिति तथा पश्चिमाञ्चलवासी नेपाली जनताले शाहलाई स्वागत गरेका थिए । कार्यक्रमको संयोजन प्राडा जगमान गुरुङले गरेका थिए ।

नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले पूर्वराजा शाहको स्वागत भव्य भएको जानकारी दिए ।

गिरीका अनुसार शाहको स्वागतमा साविक पञ्चिमाञ्चलका सबै जिल्लाबाट नागरिक सहभागी थिए । गिरीले राष्ट्रिय झण्डा र फूलमाला लिएर शाहको स्वागतमा सहभागी हुन आग्रह गरे ।

पोखरा बसाईमा शाहले विभिन्न मन्दिर दर्शन र अवलोकन गर्ने उनले बताए । संयोजक गिरीले भने व्यवस्था परिवर्तन, नेपालमा राजसंस्था पुनःस्थापना, वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र नेपाल पुनःस्थापना मुख्य मुद्दा भएको बताए ।

‘सबैभन्दा महत्वपूर्ण देश रहनुपर्यो, राष्ट्र रहनुपर्यो, राष्ट्र राजा र देशको पहिचान धर्मले जोगाउँछ, यो भएन भने हाम्रो अस्तित्व रहँदैन’, उनले भने, ‘हामीले नेपाली नाम राख्दैमा नेपाली भइँदैन ।’

हामीले हाम्रो कला, धर्म, संस्कार, संस्कृति र इतिहास संरक्षण नगरेसम्म नेपालीको अस्तित्व मेटिने उनले जिकिर गरे । उनले अहिलेको अग्रगमनकारी भनिएको व्यवस्थाले युवामा नैराश्यता छाएको भन्दै यसले देश अघि बढ्न नसक्ने उनले स्पष्ट पारे । युवामा आशाको दियो बाल्नका लागि राजसंस्था फर्काउनु अपरिहार्य रहेको उनले बताए ।

राजा भनेको शिर, अभिभावक र राष्ट्रिय एकताको प्रतीक भएको भन्दै गिरीले राजा भएमा मात्रै जनताले गौरव गर्न सक्ने बताए । नेपालमा राजसंस्था एकमात्र विकल्प भएको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ