arrow

अध्यादेश

अध्यादेशप्रति जसपा सकारात्मक, सरकारमा जाने मनसायमा छैनौँ - उपेन्द्र यादव [भिडियो]

सरकारले संसद्को कार्यसूचीमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
upendra-10-27.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदबाट अध्यादेश पारित गर्न आफूहरूको कारणले नअड्किएको बताए ।

पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ । देश र जनताको हितमा आफूहरूको निर्णय हुने बताए । सरकारले संसद्को कार्यसूचीमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताए । 

उनले भने, ‘हामीले कहाँ अड्काएका छौँ त । सरकारले कार्यसूचीबाट आफैँ फिर्ता लिन्छ । हामीले अड्कायो कसरी भयो । हामी धारणा बनाउँदै छौँ र हाम्रो सोच सकारात्मक छ । क्रिएटिभ रूपले हामी सोच्दै छौँ । देश र जनताको हितमा हामी अगाडि बढ्छौँ । सरकारले कार्यसूचीमा राख्ने बित्तिकै हाम्रो निर्णय हुन्छ । हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ । हामीलाई मन्त्रालय चाहिएन । देश र जनताको हितमा काम चाहियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ