क्यान्सरको न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छ - मन्त्री पौडेल [भिडियो]
क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउन जरुरी - उपसभामुख
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
967
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताए ।
उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । उनले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको बताए ।
मन्त्री पौडेलले भने, ‘खास गरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरू थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्याउन सबलै पहल गर्न जरुरी छ ।’
मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरिन् । उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउन जरुरी रहेको बताइन् ।