arrow

टिपरले ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
accident-final.jpg

पोखरा । तनहुँमा आज सवारी दुर्घटना हुँदा पोखराकी एक महिलाको ज्यान गएको छ भने उनका छोरा घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३२ की अप्सरा क्षेत्री छन् । दुर्घटनामा गम्भीर घाइते भएकी क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही दुर्घटनामा अप्सराका छोरा २१ वर्षीय दिपेशकुमार क्षेत्री घाइते भएका छन् । उनको सोही अस्पतालमै उपचार भइरहेको छ ।

आज साँझ करिब ६ः३० बजे शुक्लागण्डकी नगरपालिका वडा नं ७ मालेबगरमा ग१क ५८९६ नम्बरको टिपरले क्षेत्रीका आमा-छोरा सवार ग१८प ७७५२ नम्बरको स्कुटर र प्रदेश ०१–०२२च ६७७८ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

कारमा सामान्य क्षति पुगेको र यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । टिपर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ