arrow

देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
deuba-06-01.jpg
फाइल तस्बिर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा आउने भएका छन् ।

देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेतासमेत सहभागी हुने बताइको छ ।

कार्यक्रममा ७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति सहभागी हुने कास्की कांग्रेस सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको जानकारी दिए ।

कार्यक्रमले सबै जिल्ला सभापतिका अनुभव आदानप्रदान गरी संगठन सुदृढिकरण र पाेखराकाे पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने सभापति बराललेको विश्वास छ ।

‘कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो’, सभापति बरालले भने, ‘यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’

सभापति बरालका अनुसार कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ