arrow

एचपीभी खोप अभियान

क्यान्सरलाई जितेकी मनिषा कोइराला तीन वर्ष खोप अभियानकी सद्भावना दूत [भिडियो]

खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
manisha-khop-cancer.jpg

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपीभी खोप अभियानका लागि क्यान्सरलाई जितेकी अभिनेत्री मनिषा कोइरालालाई सद्भावना दूत नियुक्त गरेको छ । सरकारले अभिनेत्री कोइरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि सद्भावना दूत नियुक्त गरेको हो । 

सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप देशव्यापी रूपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताए । उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए । 

उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रूपमा विद्यालयहरूलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरूलाई यो खोप उपलब्ध गराइने जानकारी दिए । खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए । उनले अभिनेत्री कोइराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबै खाले खोप अभियानहरूमा सद्भावना दूत रहने बताए । 

मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको बताए । उपचारात्मक क्षेत्रमा मात्र नभई निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गरे । नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए । 

उनले भने, ‘एचपीभी खोप देशव्यापी रूपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रूपमा विद्यालयहरूलाई राखेका छौँ । ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरूलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुग्नुभएन भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’ 

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोइरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताइने। उनले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् । सरकारले आउँदो माघ २२ गतेदेखि एचपीभी खोप अभियान शुरु गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ