arrow

ट्याक्टर दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
Accident-sign.jpg

पोखरा । लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा नहुँको भानु नगरपालिका वडा नं ९ बाइसजाँगरका २७ वर्षीय किरण गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लाको दोर्दी गाउँपालिका वडा नं ५ पाचोकक्षेत्रस्थित कैंची जंगलको कच्ची सडकमा ग१त ५२७६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

स्रोतका अनुसार चालक नभएको मौका छोपी काठ व्यापारीले ट्याक्टर लिएर जाँदा घुम्तीमा दुर्घटना भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ