संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष प्रतिबद्ध -एमाले [भिडियो]
संसद्को बैठकका मितिहरू हेरफेर
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
596
Shares
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको बताए ।
उनले अहिलेको सरकारले संसद्लाई बिजनेस दिने र संसद्बाट कानून निर्माण गर्ने कुरामा तीव्रता दिने बताए । संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वाभाविक रहेको बताए ।
उनले भने, ‘संसद्को बैठकका मितिहरू हेरफेर गरिएका छन् । कार्यसूची त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरू संसद्मा पेस हुनेछन् । २५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्ट्री कमिटीहरूको बैठकमा कोरम पु¥याउने सन्दर्भमा भन्ने कुरा उठाउनु भयो । संसद् र संसदीय समितिमा सत्ता पक्ष महत्त्वपूर्ण हुन्छ । बढी जबाफदेही रूपमा भूमिका निर्वाह गर्नुपर्छ ।’
प्रमुख सचेतक बर्तौलाले संसद् र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताए ।