arrow

नेपालमै पहिलो पटक पथरीले बाँड्यो रासन कार्ड, विपन्नलाई मासिक निःशुल्क खाद्यान्न

logo
रामकुमार परियार, 
प्रकाशित २०८१ माघ १४ सोमबार
rasan-card-pathari-81-10-14.jpg

मोरङ । नेपालमै पहिलोपटक मोरङको पथरीशनिश्चरे नगरपालिकामा रासन कार्ड लागू गरिएको छ । नगरको २ नं वडा कार्यालयले वडाका अति विपन्न नागरिकलाई मासिक रूपमा निःशुल्क खाद्यान्न उपलब्ध गराउने गरी रासन कार्ड प्रणाली लागू गरेको हो ।

सोमबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी वडाका अति विपन्न परिवारलाई रासन कार्ड वितरणको थालनी गरेको हो । वडाध्यक्ष नैना राईले वडाका अति विपन्न २० परिवारलाई रासन कार्ड र चामल वितरण गरेका थिए ।

वडा कार्यालयले एक महिनाअघि वडाका अति विपन्न नागरिकहरुलाई निःशुल्क खाद्यान्न कार्डका लागि निवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त निवेदनहरुका आधारमा स्थलगत अनुगमन गरी रासन कार्ड प्रदान गरिएको हो ।

वडाले अति विपन्न परिवारहरुलाई रासन कार्डको आधारमा प्रतिपरिवार मासिक रूपमा १० देखि १५ केजी चामल प्रदान गर्ने वडाध्यक्ष राईले बताए । उनले अति विपन्न परिवारलाई वडामा सम्पर्क गरि रासन कार्ड बनाउन आग्रहसमेत गरेका थिए ।

रासन कार्ड शुभारम्भ कार्यक्रममा वडामा पार्क निर्माण गर्न डेढ बिघा जग्गा निःशुल्क प्रदान गर्ने जग्गा दाता पदम लिम्बूलाई सम्मानसमेत गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ