arrow

अज्ञात रोगबाट १७ जनाको मृत्युपछि तीन सय क्वारेन्टाइनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
world-map.gif

काठमाडौँ । कश्मीरका स्थानीय सरकारी अधिकारीहरूले १७ जनाको अज्ञात कारणले मृत्यु भएको र ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिपोर्ट गरेपछि गाउँका करिब ३ सय जनालाई क्वारेन्टाइनमा राखेका छन् । 

अज्ञात कारणले रोग डिसेम्बर ७, २०२४ मा भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट लगभग २४३ किलोमिटर दक्षिणमा रहेको राजौरी जिल्लाको बुधल गाउँमा शुरु भएको थियो । दुई दिनमा पाँच जना नयाँ केसहरू आएपछि स्थानीय प्रशासनले गाउँलाई कन्टेनमेन्ट क्षेत्र घोषणा गरेको थियो । 

प्रभावित परिवार र उनीहरूका विस्तारित आफन्तहरूलाई सरकारी सुविधाहरूमा स्थानान्तरण गर्ने निर्णय गरिएको थियो । मृत्यु भएका परिवारका घरहरू सिल गरिएको छ । ड्युटीमा रहेका अधिकारीहरूको अनुमति बिना प्रवेश गर्न निषेध गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ