arrow

इटालियन सिरि एमा २२ औँ चरणका खेल जारी, लाजियोलाई रोक्यो फ्लोरेन्टिनाले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
florentina-lazio-25.jpg

काठमाडौँ । इटालियन सिरि एमा २२ औँ चरणका खेलहरु भइरहेका छन् । सो क्रममा गएराति भएको खेलमा लाजियो घरेलु मैदानमै रोकिएको छ । लाजियोलाई फ्लोरेन्टिनाले २–१ ले पराजित गरेको हो । 

यासिन अदी र लुकास बेल्ट्रेनले फ्लोरेन्टिनालाई गोल गर्दै जिताए । लाजियोका एडम मारुसिकले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए । 

तनावपूर्ण खेलमा गोल गरेपछि अदी दोहोरो पहेँलो कार्डसहित बाहिरिए । त्यस्तै राफेल पाल्लादिनोले पनि दोहोरो पहेँलो कार्ड पाए । 

लाजियोका मार्को बारोनीले पनि दोहोरो पहेँलो कार्ड पाउँदा १० जनामा समेटिएको थियो । 

अंक तालिका
नापोली ५३ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको इन्टर ५० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै एटलान्टा ४६ अंकबाट तेस्रो तथा लाजियो ३९ अंकबाट चौथो स्थानमा छ । 

युभेन्टस ३७ अंकबाट पाँचौँ स्थानमा रहँदा फ्लोरेन्टिना ३६ अंकसहित छैटौँ स्थानमा छ । 

हेलास भेरोना, भेन्जिया र मोन्जा पुछारमा छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ