arrow

सिरिएमा नापोली र एटलान्टाले बराबरी खेल्दा इन्टरलाई फाइदा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
italian-serea-lazio.jpg

काठमाडौँ । इटालियन सिरिएमा नापोली र एटलान्टाले बराबरी खेल्दा इन्टरलाई फाइदा भएको छ । गएरातिको खेलमा नापोली र एटलान्टाले आफ्नो खेलमा बराबरी खेलेका हुन् । 

नापोली लाजियोसँग उसकै मैदानमा २–२ को बराबरीमा रोकियो । त्यस्तै एटलान्टाले घरेलु मैदानमा काग्लिआरीसँग गोलरहित बराबरी खेल्यो । 

बोलोग्नाले घरेलु मैदानमा टोरिनोलाई ३–२ ले हरायो । एसी मिलानले हेलास भेरोनालाई १–० ले हरायो । 

आजका खेल 
आज चार खेल हुँदैछन् । फियोरेन्टिनाले कोमो १९०७ सँग साँझ ५ः१५ बजे, मोन्जाले लिससँग तथा युडिनेसले इम्पोलीसँग बेलुकी ७ः४५ बजे खेल्नेछ भने राति १०ः४५ बजे पर्मा र एएस रोमा भिड्दै छन् । 

अंक तालिका
२५ खेलबाट नापोली ५६ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको इन्टरको ५४ अंक छ । एटलान्टा २५ खेलबाट ५१ अंकसहित तेस्रो स्थानमा छ । 

लाजियो ४६ अंकसहित चौथो स्थानमा छ । युभेन्टस २४ खेलबाट ४३ अंकसहित पाँचौँ स्थानमा रहेर उपाधि होडबाट लगभग बाहिरिएको छ । 

पर्मा, भेनेजिआ र मोन्जा रेलिगेशन क्षेत्रमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ